के तिमी सुझाव दिन सक्छौ


के तिमी सुझाव दिन सक्छौ

तिमी गमक्क बसेकोछौं

उता एकथान संविधान बन्दै छ ।

के तिमि कान सुन्दैनौ  ?

गाउँमा सभासद आएको गाईगुइँ चलेको छ ।

तिमी सँग सुझाव माग्न

के तिमी सुझाव दिन सक्दैनौरु

हुन त आफै मिल्न नसकेका दलहरुले

के जनताका सुझाव सुन्नलान ?

तिमीले प्रश्न गर्यौ भने

के उत्तर दिने, म उत्तरको खोजीमा छु ।

तर, के तिमी सुझाव दिन तत्तपर छौं ?

हल्ला छ सभासदहरु कुुटिदैछन्

के तिमी पनि सामेल छौ ?

हुन त एउटा ढुङ्गा हिर्काउदा के जान्छर

तर, तिमी यो नभुल की

अहिसां प्रेमी गौतम बुद्ध हामीले मानेका भगवान हुन,

हाम्रा देशका गौरव ।

अहिले सुझाव देउँ

संविधानमा नसमेटिए,

ऐन,नियममा समेट्लान

के तिमी विश्वास गर्न सक्दैनौ ?

राम्रा र स्पष्ट सुझाव देउँ

केहि नभए पनि नेताहरुले मनन् र कदर नगरे नि

तिम्रो योग्यता त बुझ्लान

एउटा सभ्य नागरिक भएको समाजमा जान

अलिकति त हिचकिचाउलान् ।




Comments

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा

Abuse and Harassment of Female Journalists in Karnali

The Impact of Indian Cartoon-shows on Nepali Children: A Case Study of Nepalgunj MunicipalityAbstract