Posts

Showing posts from September, 2016

तीज, महिला र पुरुष

तीज, महिला र पुरुष केशवी जोशी आधुनिक हुने नाममा एकातिर हामी हाम्रो संस्कार र संस्कृतिको चर्काे विरोध गर्छाैं । त्यसका नकारात्कम पक्षकोमात्र यति वकालत गर्छाै की त्यसका सकारात्मक पक्ष ओझेलमा पारिदिन्छौं ।  हिन्दु नारीहरुको गहना मानिने सिन्दुरलाई दासत्वको प्रतिकको रुपमा परिभाषित गर्न सक्ने एक जना सिनियर दिदीले विभिन्न ठाउँमा दर खाएका फोटो सोसल मीडियामा अपलोड गरिन् । बाक्लो जनसम्पर्क भएका कारण उनका फोटोहरुमा लाईक, सेयर र कमेन्ट गर्नेको जमात अत्यधिक थियो । उनले त्यसरी ति सबैलाई धन्यवाद भन्दै कमेन्ट गरिन् । तर, मैले गरेको कमेन्ट नै डिलिट गरेकी रहिछन् । ‘दिदी तपाई तीजको व्रत बस्नु हुन्छ ? दर त तीजको व्रत बस्नेले व्रतको दिन भोको बस्दा दरो होस्, गाह्रोे नहोस् भनेर खाने हैन र ?’ मैले उनको उत्तरको आश गरेको थिएँ तर कमेन्ट नै डिलिट भयो । आमसंचार माध्यमले उनलाई महिला अधिकारवादीको रुपमा स्थापित गरिदिएको छ । उनले एक दिन भनेकी थिईन ‘स्वतन्त्र रुपमा बाँच्ने इच्छा कै कारण मैले पारपाचुके गरेँ । अहिले म लिभिङ टुगेदर (विवाह नगरेका सँगै बस्ने जोडी) मा छु । म स्वतन्त्र छु । म तीजको व्रत बस्दिन । तीज व