Posts

Showing posts from December, 2015

अहंकारमा जन्मेका इच्छाहरु

अहंकारमा जन्मेका इच्छाहरु आफ्नै इच्छाहरुको मलामी   जान रहर जागेको छ अरुलाई सुनाउदै गरेका ति इच्छा र सपनाहरु जो जिउने लक्ष्य थिए जसलाई सम्झदै हाँस्थे, गम्थे र सोच्थे  कतै मैले लक्ष्य बनाएका इच्छाहरु  अहंकारमा त बनेका होइनन् ? अनि, कतै अहंकार कै आगोमा जलेर  खरानी हुनेत होइनन् ? अरुले थाहाँ नपाउने गरी रुने म खै कसरी कठोर बने तिनै इच्छा र सपनाहरुको हत्या गर्न इच्छाहरु जन्माउन सिकाउने  त्यो समाज, सपना बुन्न सिकाउने ति शिक्षक, लक्ष्य बनाउन सिकाउने  अभिभावक, तिनै इच्छा, सपना र लक्ष्यमा रमाउन सिकाउने  साथी, यस्तो हत्या गर्दा समेत प्रतिक्रिया विमुड छन्  लाग्छ उनीहरु यसबारेमा अनविज्ञ छन् । अबोध मष्तिष्कमा जन्मेका  ति स्वच्छ इच्छाहरु कतै महत्वकांक्षी त थिएनन् ? आज तिनीहरुको निर्मम हत्या गरेपछि मात्र थाहा भयो त्यस्ता इच्छाहरु जन्माउने र पालना गर्ने बाहेक लक्ष्य बनाउने अधिकार भित्र म थिएन् ।  अधिकार भित्रको बन्दी म आज तिनीहरुको क्रुरुर हत्या गरे पछि   आफूलाई अझै निर्दाेश देख्छु क्रुरुरता र दमनमा समेत रमाउन सक्ने म ति सपनाहरुको विर्सजनमा दुई थोपा आँसु खसाउन