अहंकारमा जन्मेका इच्छाहरु


अहंकारमा जन्मेका इच्छाहरु

आफ्नै इच्छाहरुको मलामी   जान
रहर जागेको छ
अरुलाई सुनाउदै गरेका
ति इच्छा र सपनाहरु
जो जिउने लक्ष्य थिए
जसलाई सम्झदै हाँस्थे, गम्थे र सोच्थे 
कतै मैले लक्ष्य बनाएका इच्छाहरु 
अहंकारमा त बनेका होइनन् ?

अनि, कतै अहंकार कै आगोमा जलेर 
खरानी हुनेत होइनन् ?
अरुले थाहाँ नपाउने गरी रुने म
खै कसरी कठोर बने
तिनै इच्छा र सपनाहरुको हत्या गर्न

इच्छाहरु जन्माउन सिकाउने 
त्यो समाज,
सपना बुन्न सिकाउने
ति शिक्षक,
लक्ष्य बनाउन सिकाउने 
अभिभावक,
तिनै इच्छा, सपना र लक्ष्यमा रमाउन सिकाउने 
साथी,
यस्तो हत्या गर्दा समेत प्रतिक्रिया विमुड छन् 
लाग्छ उनीहरु यसबारेमा अनविज्ञ छन् ।

अबोध मष्तिष्कमा जन्मेका 
ति स्वच्छ इच्छाहरु
कतै महत्वकांक्षी त थिएनन् ?
आज तिनीहरुको निर्मम हत्या गरेपछि
मात्र थाहा भयो
त्यस्ता इच्छाहरु जन्माउने र पालना गर्ने बाहेक
लक्ष्य बनाउने अधिकार भित्र म थिएन् । 

अधिकार भित्रको बन्दी म
आज तिनीहरुको क्रुरुर हत्या गरे पछि  
आफूलाई अझै निर्दाेश देख्छु
क्रुरुरता र दमनमा समेत रमाउन सक्ने म
ति सपनाहरुको विर्सजनमा
दुई थोपा आँसु खसाउन 
कसरी सक्थे ?
                                        केशवी जोशी


Comments

Post a Comment

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा

Abuse and Harassment of Female Journalists in Karnali

The Impact of Indian Cartoon-shows on Nepali Children: A Case Study of Nepalgunj MunicipalityAbstract