Posts

Showing posts from 2019

तिमी vs म

         तिमी vs म अहँ हुदै होइन, तिमी संग तुलना गर्न खोजेको कहाँ तिमी ? अनि कहाँ म ? तिमी जन्मिदै स्वागत योग्य स्वागतका लागि हतारिन्छ समाज र, त,ऋण लिएरै पनि खसिको जोहो गरिन्छ, ऋनि समाज भतेर हुने दिन गनेर बस्छ, नामपाएको दिन, तिमीलाई समाजले घेर्छ ! अनि म ? जन्मिदै अपहेलित जन्म दिने आमा समेत तिमी जन्मिदा उत्सव मनाउँछिन् मिठो मसिनो खान पा उँ छिन् आफ्नै अर्को मुर्ति जन्मिदा दुख मनाउँछिन् समाज शान्त हुन्छ, बालाई ऋण लिनु पर्दैन, नाम पाएको दिन समेत म एक््लै हुन्छु ! तिमी जन्मिदै आमाबाको सम्पत्तिको रक्षक कुलको रक्षक, कहलिदै आ उ छौ । म अर्काको घरजाने जातको माला पहिरिदै आ उ छु अहँ हुदै होइन, तिमीलाई दोषि भन्न खोजेको हुदै होइन ! समाजले गरेको यो विभेदमा तिम्रो के दोष? तर, तिमीले पनि त्यसलाई मलजल गर्नेछौ बहिनी, छोरीलाई हेला नगर भन्नेछौ । तर, श्रीमती, बुहारीको सिमा तोक्नेछौ ।। उस्को काम उस्ले हिड्ने बाटो उस्ले बनाउने साथी तिमीले तय गरिदिनेछौ अनि, साच्चै नमानेमा तिमीले तलाग भनिदिनेछौ र, फेरि समाज भोजमा रमाउने छ । तिमी मोजमा, र, म शोकमा !! अहँ हुदै होइन, तिम्रो अधिनत्व छोड्न खोजेको तिमी सम्पत्ति