Posts

Showing posts from 2020

Corona is mysterious

Image
  It i s m y sterious Kesha bi Joshi Corona came from china Everyone listened He is traveling around the world Everyone overheard But, no one saw him Hi s color,  shape,  and form Only the lab tester saw his appearance And now we can guess his photos So, it is mysterious Some say he feasts through air Everyone covers their face. Some say he spreads through touched Everyone use sanitizer   Some say he comes through vegetables and meets Everyone sabbatical to buy Some say he comes through milk, water, and meals Everyone boil them   But, all are speculation  No one can say precisely what the cause behind its spreads So, it is mysterious. His natal is mysterious Some say he came from the bird Some say he came from seafood Some say he moved from the flesh of the wild Some say it was born for biological weapons There is a slip-up in his birth history  But, it is mysterious It is panic It is really pandemic for the world No matter, how many lives were taken? He is never satisfied He does not

Six questions never to ask during the job interview

अन्तरवार्तामा क्रममा ध्यान दिनुपर्ने प्रश्नहरू जागीरका लागि अन्तरवार्ताको अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो कामका लागि उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्न उत्तम मौका हो । त्यो मौका नचाहिँदा प्रश्न सोधेर खेर जान दिनुहँुदैन । अन्तरवार्ताको अन्तिमतिर सोधिने यस प्रश्नबाट रोजगारदाताले ‘तपाईंं कम्पनीबारे के जान्न चाहनुहुन्छ ?’ भन्ने पत्ता लगाउन खोजिरहेका हुन्छन् । साथै, यो नै तपाईंंले ‘आफूसँग ज्ञान, शीप र व्यावसायिक दक्षता छ’ भनेर प्रमाणित गर्ने अन्तिम मौका पनि हुन सक्छ । यसैलाई ध्यानमा राखेर करीअर सल्लाहकारहरूले केही प्रश्नलाई सोध्नै नहुनेमा राखेका छन् । साथै, उनीहरूले विकल्पमा सोध्न सकिने प्रश्नसमेत उल्लेख गरेका छन् । यस्ता सोध्नै नहुने र त्यसको विकल्पमा सोध्न सकिने प्रश्नहरू यस प्रकार छन् १: म कति बजेसम्म कार्यालय आइपुग्नैपर्छ ? यस्तो प्रश्न कहिल्यै नसोध्नुहोस् । यस्तो प्रश्नले तपाईंं आफूले गर्ने काममा भन्दा हाजिर गर्ने समयबारे बढी चासो राख्नुहुन्छ भन्ने बुझाउँछ । यसले रोजगारदातालाई सन्तुष्ट बनाउन सक्दैन ।  2: त्यस्

The Broadcast media education system

The broadcast media education system  Keshabi Joshi Background Communication media are seen as an essential means of human interaction. The study of media deals with among other aspects, theories, and models for understanding the media and their potential reach and functioning. Education for media literacy often uses an inquiry-based academic model that encourages people to ask questions about what they watch, hear, and read. Because of media literacy education, people should be critically analyzed messages, offer opportunities for learners to make wider their experience of media, and help them develop creative skills in making their own media messages. Media literacy education may explore how structural features such as media ownership or its funding model affect the information presented. It also helps us to understand the global media system as well as its goals. Media literacy education is actively focused on instructional methods and integrating theoretical and critical framewor

जातीय अहमताले संकटग्रस्त समाजका पीडित महिला

जातीय अहमताले संकटग्रस्त समाजका पीडित महिला : -केशवी जोशी हालै जारी गरिएको ऐनमा जातका आधारमा कुनै परिवारको सदस्यलाई बहिष्कार गरे तथा घर प्रवेश गर्न नदिए, अन्तरजातीय विवाहमा सम्बन्ध विच्छेद गर्न लगाए, जन्मिएको बच्चाको न्वारान नगराउने, कुनै बेच्…

मुटु भएका सम्पादक खोज्ने ओली र मुटु भएकाले थिचिएका मोदी दुबै सञ्चार जगतबाट पीडित

मुटु भएका सम्पादक खोज्ने ओली र मुटु भएकाले थिचिएका मोदी दुबै सञ्चार जगतबाट पीडित : -केशवी जोशी मुटु भएका सम्पादकको खोजिमा रहेका हाम्रा प्रधानमन्त्री र मुटु भएका सम्पादकले थिचिएका भारतका प्रधानमन्त्री, दुवै सञ्चार जगतबाट पिडित भएको प्रष्ट छ । नेपाली सञ्चार जगत सरकारको आलोचनामा र भ…

राष्ट्रवादका नाममा कार्ड स्ट्याकिङ टेक्निक्स

Image
राष्ट्रवादका नाममा कार्ड स्ट्याकिङ टेक्निक्स    केशवी जोशी मुटु भएका सम्पादकको खोजिमा रहेका हाम्रा प्रधानमन्त्री र मुटु भएका सम्पादकले थिचिएका भारतका प्रधानमन्त्री, दुवै सञ्चार जगतबाट पिडित भएको प्रष्ट छ । नेपाली सञ्चार जगत सरकारको आलोचनामा र भारतीय सञ्चार जगत सरकारको मुखपत्रको रुपमा काम गरिरहेको आरोप लाग्दै आएको छ । हुन त स्वाधिनताको विषयमा जुन सुकै देशका सञ्चार माध्यमले पनि आफ्नै देशको पक्ष बोल्ने गर्छन । जानि जानि प्रपोगाण्डाको कार्ड स्ट्याकिङ टेक्निक्सको प्रयोग गरिरहेको हुन्छन् । चाहे त्यो नेपालको सञ्चार माध्य होस वा भारतको । त्यस्तो बेलामा अमेरिकाका सञ्चार माध्यमले पनि आफ्नै देशको हितमा समाचार दिने गरेका उदाहरण पनि छन् । त्यो असत्य भए पनि सत्य हो भन्दै जनमानसमा सत्य नै हो भन्ने भ्रम निर्माण गरिदिन्छन् । अमेरिकन सञ्चार माध्यले पनि भियतनाम युद्घ, इराक युद्घका बारेमा सरकारले सत्य लुकाएर अमेरिकालाई सहयोग पुग्ने गरि भ्रामक समाचार फैलाएको आरोप छ । त्यस्तै, रसियान सञ्चार माध्यमले पनि अमेरिका विरुद्घ भ्रामक समाचार दिरहेको आरोप पनि सुनिन्छ । त्यस्तै, भारतीय सञ्चार माध्यले पनि नेपालका बारेम

विलासी सरकारका 'अभिशप्त' नागरिक

विलासी सरकारका 'अभिशप्त' नागरिक : नागरिक झन् तनावमा पिल्सिएका छन्। खाद्यान्न अभाव छ। सरकार भने आफ्नो वाहीवाही खोज्दै हिँडेको छ। बौलाउनु भन्दा मर्नु बेस भन्दै जनता कोरोनाको डर भन्दा पनि भोक डरले काममा निस्कन थालेका छन्।

बाबा

बाबा बा, आमाका सुत्केरी व्याथा पोखिदा तिम्रा संघर्सका गाथा किन लेखिएनन् आफू भोकै बसि  हाम्रो पेट भरिएको हेर्ने  भोक मेटाउन नुन संग पानीको घुुट्को लगाई एकान्तमा रोएकाका व्याथाहरु किन पोखिएनन् आमाका भावना पोखिदा बा, तिम्रा भावना किन पोखिदैनन् बा, आमालाई धर्ती भन्दा  तिमी लाई किन आकास भनेनन्  तिम्रो छत्र छायाँको  किन बखान गरेनन् तिम्रो काध, तिमीले दिएको भरोसा  अनि तिमीले दिएको आट किन लेखा जोखामा परेनन् । आफुले च्यात्तिएको जुत्ता लगाउदै हामीलाई नयाँ जुत्ता किनिदिएर पनि तिमीले च्यात्तिएको धोती सिउदै लगाउदै गर्दा म तिमीलाई लोभी सोच्थ्ये  बा, यि लोभका कथाहरु किन लेखिएनन् हाम्रा लागि प्रत्येक दशैंमा  नयाँ लुगा ल्याउथ्यौ आफू उही पुरानै  पाइन्ट र कमिज  मिलाउदै भन्थ्यौ अझै दुइचार बर्ष टिक्छ  म तिमीलाई बेरङ्गी ठान्थ्ये बा, यि बेरङ्गका कथाहरु किन लेखिएनन्  तिमीले आफ्ना रहर, इच्छा र चाहानाको चिहान बनाएर हाम्रा रहरहरु मलजल गर्दै हुर्काएका तिम्रा यि कर्महरु किन पोखिएनन्। मलाई ठेस लाग्दा, तिमीलाई दुख्छ बा म बिरामीहुदा, आमा संगै तिमी पनि त छटपटिन्छौ म टाढा हुद

कोरोनाको जोखिममा सुदूरपश्चिम : सरकारको आश छाडौं, सतर्क बनौं

कोरोनाको जोखिममा सुदूरपश्चिम : सरकारको आश छाडौं, सतर्क बनौं : कोरोना महामारीसँग विश्व नै जुधिरहेको छ। विश्वमा सबल अर्थतन्त्र भएका राष्ट्र चीन, अमेरिका, बेलायत लगाएतका युरोपेली मुलुकहरु समेत यसको माहामारी बाट बच्न सकेका छैनन्। छिमेकी राष्ट्र भारतमा समेत यसले ठूलो रुप लिँदै गएको छ। गरिब देशहरू पनि जुधिरहेकै छन्। यो अवस्थामा सरकारबाट आम नागरिकले गर्ने अपेक्षाहरूको सूची र सूचक बढेर जान्छ। सरकारका कमीकमजोरी केलाउनुका साथै नागरिकले पनि केकस्ता काममा सहयोग गर्न सक्छन् भन्ने विषयमा पनि ध्यान दिन जरुरी छ। नागरिक सबैभन्दा बढी सतर्क भइदिए यो महामारीसँग जुध्ने बलियो अस्त्र हुन सक्छ।

देउताको विकल्प बन सरकार

                                   देउताको विकल्प र भरोसा  बन सरकार केशवी जोशी छाउपडिको त्रासमा बाचिरहेको मध्य र सुदुरपश्चिम अहिले झ नै ठुलो चपेटामा छ । दोस्रो दर्जामा बाचेका महिला अहिले झनै विकराल अवस्थामा छन् । छाउगोठ भत्काउन र छाउपडि प्रथा हटाउन सरकारले लिएको द्धढ संकल्पले त्यहाँ सन्नाटा छाएको छ । अहिले सम्म करिब १५ सयको हारा हारीमा छाउगोठ भत्काइएका छन् । छाउगोठ भत्काए पछि, महिनाबारी बार्नका लागि पाल, ओडार, जस्ता झनै असुरक्षित स्थानको प्रयोग भएको छ । जसले गर्दा सबै तिर बाट सरकारको उक्त अभियानको आलोचना थालिएको छ । अझ बढी त कर्णली र सुदुर पश्चिका काठमाडौं बासि शिक्षितहरु नै यसको आलोचना गरिरहेकाछन् । “आफ्नो गाउँ आफै बनाआंै” भन्ने संकल्प भने उनीहरुमा छैन । उनीहरु भन्छन् , छाउपडि त्यहाँको संस्कार बनिसकेको छ ।्, यति सजिलै हट्ने देखिदैन् । त्यसो भए संस्कार भनेर चुपलागेर बसिरहने त? उनीहरु उत्तर दिदैन् । उनीहरु परिवर्तन चाहेको बताउँछन् । कस्तो परिवर्तन, छाउपडि निर्मुल या सुधारिएको छाउपडि उनीहरु बेल्न सक्दैनन् । अर्काे तिर सरकारले विना गृहकार्य छाउगोठ भत्काउने काम गर्यो । महिना

छाउपडि प्रथा हटाउन कठिन छ, अशम्मभव छैन्

 छाउपडि प्रथा हटाउन कठिन छ, अशम्मभव छैन्  केशबी जोशी पछिल्लो समय धेरै बहस भएको विषय हो मध्य तथा सुदुरपश्चिममा संस्कारको रुपमा स्थापित कुसंस्कार अर्थात छाउपडि प्रथा । र, भाइरल भएको विषय हो नेकपाका सांसद गजेन्द्रबाहादुर महतले छाउगोठ भत्काउने गृह मन्त्रालयको अभियानप्रति जनाएको आपत्ति । जुन संचार माध्यम र सबैकालागि हास्यासपद बिषय बनेको छ ।  उनले सत्यता बोलेका हुन, तर, भन्न खोजेको कुराको शैली मिलेको छैन् । जहाँका जनता नुन, तेल लगाएतका खाध्यान्न र सामान्य औषधि जस्ता आधारभुत आवश्यकता संग जुधिराखेका छन् । सामान्य रुघा खोकिबाट १०–१५ जनाको मृत्युलाई सामान्य मान्छ सरकार । अर्थात अनिमात्र औषधिको पोको बाधेर देशको राजधानीबाट मध्य र सुदुरपश्चिम लम्कन्छ सरकार । त्यस्तै शिक्षा, चेतनाको स्थर शुन्य छ । प्रकिृतीका कारण हिमाली जिल्लाहरुमा प्राय ४ महिना स्कुल बन्द हुन्छन्, त्यसले बिद्यार्थीलाई कति असर पर्छ, त्यसको विकल्प खै । सरकारले छाउगोठ भत्काउदा त्यसको विकल्पका बारेका गरेको गृहकार्य वा अध्ययन खै । सासंद महतले भन्न खोजेका कुरा यिनै थिए । भलै उनले भन्न खोजेका शब्द र शैलि फरक थिए । सरकारले थालेको