राष्ट्रवादका नाममा कार्ड स्ट्याकिङ टेक्निक्स

राष्ट्रवादका नाममा कार्ड स्ट्याकिङ टेक्निक्स  
केशवी जोशी
मुटु भएका सम्पादकको खोजिमा रहेका हाम्रा प्रधानमन्त्री र मुटु भएका सम्पादकले थिचिएका भारतका प्रधानमन्त्री, दुवै सञ्चार जगतबाट पिडित भएको प्रष्ट छ । नेपाली सञ्चार जगत सरकारको आलोचनामा र भारतीय सञ्चार जगत सरकारको मुखपत्रको रुपमा काम गरिरहेको आरोप लाग्दै आएको छ ।
हुन त स्वाधिनताको विषयमा जुन सुकै देशका सञ्चार माध्यमले पनि आफ्नै देशको पक्ष बोल्ने गर्छन । जानि जानि प्रपोगाण्डाको कार्ड स्ट्याकिङ टेक्निक्सको प्रयोग गरिरहेको हुन्छन् । चाहे त्यो नेपालको सञ्चार माध्य होस वा भारतको । त्यस्तो बेलामा अमेरिकाका सञ्चार माध्यमले पनि आफ्नै देशको हितमा समाचार दिने गरेका उदाहरण पनि छन् । त्यो असत्य भए पनि सत्य हो भन्दै जनमानसमा सत्य नै हो भन्ने भ्रम निर्माण गरिदिन्छन् । अमेरिकन सञ्चार माध्यले पनि भियतनाम युद्घ, इराक युद्घका बारेमा सरकारले सत्य लुकाएर अमेरिकालाई सहयोग पुग्ने गरि भ्रामक समाचार फैलाएको आरोप छ । त्यस्तै, रसियान सञ्चार माध्यमले पनि अमेरिका विरुद्घ भ्रामक समाचार दिरहेको आरोप पनि सुनिन्छ । त्यस्तै, भारतीय सञ्चार माध्यले पनि नेपालका बारेमा भ्रामक समाचार दिनु ठुलो कुरा त होइन । तर, बेटी र रोटीको सम्बन्ध भएको भन्दै रटान लगाउने अनि नेपाल र नेपाली कै बारेमा भ्रम फैलाउने काम अनुचित थियो ।
भारतका सञ्चार माध्यहरुले दिने झुटा अर्थात फेक समाचरले भारतको राष्ट्रवाद नै खतरामा परेको बीबीसी (ब्रिट्रिस ब्रोडकास्ट करर्पाेरेसन) ले २०१८ मा गरेको एक अनुसन्धानले बताएको छ । वियोण्ड द फेक न्युज नामक उक्त अनुसन्धानमा बरिष्ट पत्रकार रविश कुमारले भनेका छन् “ मिडियाले राष्ट्रवादका नाममा लोकतन्त्रलाइ बर्बाद गरिरहेका छन् । अहिले देखिएको पनि त्यहि  हो ।
प्राय जसो भारतीय सञ्चार माध्यले प्रपोगाण्डाको कार्ड स्ट्याकिङ टेक्निक्सको सधै प्रयोग गरिरहेको हुन्छ । जसमा मिडिया एक पक्षलाई असल र अर्काे पक्षलाई खराब हो भन्ने भ्रममा जनमत निर्माण गर्न तिर लाग्छ । त्यहाँ सत्य, तथ्य भन्दा पनि वाद विवादलाई महत्व दिइन्छ । कहिले जातीय, कहिले धार्मिक द्घन्द त कहिले सिमा विवादका बिषयलाई प्रमुख एजेण्डा बनाएर संस्था चलाइरहेको आरोप पनि त्यहाँका मिडियालाई लाग्ने गरेको छ । त्यहाँको सरकार भन्दा दुई पाइला अगाडि त्यहाँको मिडिया चलेको देखिन्छ । सरकारले गर्ने निर्णयको पर्वाह नै नगरि उनीहरुले जनमानसमा आफ्नो निर्णय सुनाइसकेका हुन्छन् । जस्ले गर्दा सरकारलाई सहि कुरा बाहिर ल्याउन नै कठिन हुने गरेको स्वयम त्यहाँका पत्रकार बताउँछन् ।  
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यले चीनको उक्साहटमा लागेको आरोप लगाए । तर, नेपालका लागि भारतका पुर्व राजदुत राकेश शुदले बीबीसीलाई बताए अनुसार चीनले त्यस्तो सल्लाह नदिएको र यो नेपालकै विचार रहेको बताए । जब कि चीन उक्त सिमा विवाद नेपाल र भारत वीचको भनेर पन्छि सकेको छ । 
निसान छापका लागि संविधान संसोधन भए पछि भारत सरकारले वार्ताका माध्यम बाट समस्या समाधान नहुने बताएको अपवाह फैलाए । त्यसको उत्तर भारतीय रक्षा मन्त्री स्वयमले दिएका छन् । उनले नेपाल संगको सिमा विवाद वार्ताबाट हल गर्ने बताइसके ।  भारतीय मिडियालाई यसको वबस्ता नै छैन् । उनीहरुले भ्रम छर्ने काम भने छोडेका छैनन् । जसका कारण नेपाली र भारतीय दुवै समाज उद्वेलित भएको छ । भारत प्रति युवाहरुको आक्रोस बढ्दो छ । भारतीय सञ्चार माध्यमले अहिले सम्म कुनै खास प्रमाण पेश गर्न सकेका छैनन्, अथवा गर्न न खोजेका हुन ? उनीहरुले समसामयिक बिषयमा बहस गराउने नाममा आफ्नै तर्क लाध्ने गरेको प्रस्ट देखिन्छ । बिषय गमंविर र सोचनिय छ । भारतीय मिडियाले प्रपोगाण्डा फैलाउने काम गरिरहेका छन् । विदेश नीतिका विरुद्घ बोल्दा त्यसले छिमेकि राष्टसंग कस्तो असर पर्छ भन्ने हेक्का समेत ति मिडियाहरुले राख्दैनन् ।  
भारतीय सञ्चार माध्यले भ्रमको खेतीमात्र गर्छन भनेर भारतीय सञ्चार विज्ञहरुले आला्चना गर्ने गरेकाछन् ।  भारतकै अल्पसंख्यक, संस्थापन पक्ष विरोधी, दलित र आदिवासीका बारेमा नकारात्मक प्रचार गरिरहने त्यहाँका सञ्चारमाध्यमले मिसइनर्फोमेसन र डिसइनर्फोमेसन दिइरहेका छुन्छन् । जसले गर्दा  कहिले काहि त्यहाँको सरकार समेत अपठ्यारोमा पर्ने गरेको भारत उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेस यादवले बताएकाछन् ।
चाहे त्यो मुद्दा कासमिरको होस वा लद्दाकको उनीहरु पाकिस्तान र चीन विरुद्ध रोमाञ्चक तरिकाले सनसनी फैलाउछन् यस्तो लाग्छ कि भारत, पाकिस्तान वा चीन वीच युद्घ शुरु भैसक्यो । यथार्तमा सरकारका वीचको सम्बन्ध फरक देखिन्छ । अहिले पनि राष्ट्रवादका नाममा उनीहरुले चीनीया सेना भारतीय भुमिमा आएको भ्रम फैलाए । चीनीया सेना भारतीय भुमिमा नआएको भन्दै त्यसको खण्डन भारतीय प्रधानमन्त्री स्वयमले दिनु परेको उदाहरण ताजै छ । क्राइम र सनसनिका मुद्दा मात्रै प्रमुख बिषयमा पर्ने हुदा सञ्चारको विकासबादी सिद्घान्त ओझेलमा परेको छ । आन्तरिक रुपमा पनि यिनै मिडियाको सेल्फ प्रोपागाण्डाले ठुलै दङ्गा र आतङ फैलाउने गरेको त्यहाँका मिडिया बिश्लेषकहरुले बताउँने गरेका छन् ।
 २०७२ सालको भूकम्पका बेला भारतीय सञ्चार माध्यमबाट आहत भएका नेपाली अहिले फेरि भारतिय सञ्चार माध्यमबाट आक्रान्त भएकाछन् । अझ भन्ने हो भने पैसा तिरेर आफ्नै देश विरुद्घका आवाजहरु सुन्नु परेको छ । टिआरपी बढाउन र सञ्चार माध्यमलाई जगाइराख्न कति सम्म गिर्ने गर्छन त भारतीय मिडिया भन्ने विषय अन्तराष्ट्रिय सञ्चार माध्यमले समेत बताइसकेका छन् ।  
धेरै भारतीय सञ्चार माध्य तथ्य र तर्कमा टिकेर कुरा गर्देनन् । सत्य र भ्रमका बीच फरक देख्दैनन् । देशभित्रका मुद्दा होस् वा बाहिरी मुलुकका उनीहरु पत्रकारिताको कुनै सिद्घान्त पूरा गर्दैनन् । आ–आफ्नै सिद्घान्त र विचारमा रहेर सूचना प्रवाह गरिरहेका हुन्छन् ।
तर, अच्चम के छ भने प्राय सबै मिडियाको स्वर एउटै हुन्छ । जसलाई एउटाले खलनायक देख्छ, प्राय सबै मिडियाको आखाँ एउटै हुन्छ । र सबैको विचार र विश्लेषणमा भाग लिने पाहुना व्यक्ति समेत एउटै हुन्छन् ।
यसपटक उनीहरु नेपाली सेना संग भारतीय सेनाको जोडघटाउमा समेत लागि । भारत सरकारको व्यवहारले स्तब्ध भएका नेपाली लाई भारतीय सञ्चार माध्यले झनै रुष्ट बनाउने काम गर्यो । नेपालीको स्वविवेक नै नभएको भन्ने भ्रममा भारतीय सञ्चारमाध्यम रहेका छन्  । चीनको उक्साहटमा लागेर नेपालीहरु आफ्नो भुमीका बारेमा बोलेको र नक्सा ल्याएको भन्ने भ्रम छर्ने काम गरिरहेका छन् । जब कि, नेपालका लागि भारतका पुर्व राजदुत राकेस सुदले समेत यस्मा चीनको हात नरहेको बताई सकेका छन् । तर, पनि भारतीय मिडियाको रटान रोकिएन ।
भारतसँग संसारमै तेस्रो ठूलो चलायमान सेना छ । हामी समुद्र संग जोडिनका लागि समेत भारतमा निरभर छौ. । आयातित कुराहरुमा समेत भारतको भरमा छौं । तर, यसको कारणले आफ्नो भूमिमाथि हाम्रो दाबी गर्न नपाउने । आफ्नो नक्सामा समेट्न नमिल्ने । अहिले सबै नेपालीको विचार हो यो ।
सुरक्षाका लागि भनेर ५८ वर्षदेखि अरूको भूमिमा भारतले नेपाली भूमिमा सडक बनाएर सेनापतिलाई बोल्नु नै नेपाली जनतामा भारत प्रतिको आक्रोसको विउ  बन्यो । तर, त्यसमा घिउ थप्ने काम भारतीय संचार माध्यमले गरे । यदि, भारतीय संचार माध्यमले उक्त भूमिका बारेमा  भारतको हो भन्ने दस्तावेजहरू पनि प्रस्तुत गरेको भए नेपालीहरुमा भारत प्रतिको नकारात्मक भावनाहरु बढ्ने थिएन् । तर, उनीहरुले इतिहासका दस्तावेजहरूसँग केही सरोकार न राखेका भ्रामक समाचार दिए । त्यसले यो मुद्दा विश्व माझ नै आगो सरी फैलीयो । अभिनेत्री मनीषा कोइरालाले राष्ट्रको पक्षमा गरेको एउटा ट्विट नै भारतीय संचार माध्यमको कोकाहोलो मच्चाउने बे्रकिङ न्युज बन्यो । यसले भारतीय जनतामा कार्ड स्ट्याकिङका रुपमा भारतीय सञ्चार माध्यले भ्रम छर्ने काम गर्यो ।  
हामी अहिले धेरै समस्या र चुनौतीका माझमा छौ । एकातिर कारोना माहामारी र लकडाउनले उब्जाएको भोकमरी छ । अर्कातिर धेरै बर्ष देखि भारतले भोग चलन गरिरहेको हाम्रो भुमीलाई नेपालको नक्सामा समेट्न सकिएको छ । जसले सरकारको मान बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण नै निसान छाप सहितको गुमाएको नक्सा देशले फेरि पाएको छ । यसमा सबै राजनीतिक दलहरु एकजुट भएको देख्दा जनतामा केही राहात पुगेको छ । दशगजा, सुस्ता लगाएतका भारतीय सिमा क्षेत्र नेपाली नागरीकले भोग्नु परेको सास्तीको बारेमा पनि सरकार अगाडि बढ्ने छ । 
 
 

 



 

Comments

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा

Abuse and Harassment of Female Journalists in Karnali

The Impact of Indian Cartoon-shows on Nepali Children: A Case Study of Nepalgunj MunicipalityAbstract