Posts

Showing posts from July, 2015

के तिमी सुझाव दिन सक्छौ

के तिमी सुझाव दिन सक्छौ तिमी गमक्क बसेकोछौं उता एकथान संविधान बन्दै छ । के तिमि कान सुन्दैनौ  ? गाउँमा सभासद आएको गाईगुइँ चलेको छ । तिमी सँग सुझाव माग्न के तिमी सुझाव दिन सक्दैनौरु हुन त आफै मिल्न नसकेका दलहरुले के जनताका सुझाव सुन्नलान ? तिमीले प्रश्न गर्यौ भने के उत्तर दिने, म उत्तरको खोजीमा छु । तर, के तिमी सुझाव दिन तत्तपर छौं ? हल्ला छ सभासदहरु कुुटिदैछन् के तिमी पनि सामेल छौ ? हुन त एउटा ढुङ्गा हिर्काउदा के जान्छर तर, तिमी यो नभुल की अहिसां प्रेमी गौतम बुद्ध हामीले मानेका भगवान हुन, हाम्रा देशका गौरव । अहिले सुझाव देउँ संविधानमा नसमेटिए, ऐन,नियममा समेट्लान के तिमी विश्वास गर्न सक्दैनौ ? राम्रा र स्पष्ट सुझाव देउँ केहि नभए पनि नेताहरुले मनन् र कदर नगरे नि तिम्रो योग्यता त बुझ्लान एउटा सभ्य नागरिक भएको समाजमा जान अलिकति त हिचकिचाउलान् ।

यात्रा

यात्रा यो यात्रामा तिमि र म मात्र होइन अरु पनि यात्रिहरु छन् अलिकति ख्यालगर संसारमा सवै किसिमका पात्रहरु छन् । हास्दा मात्र होइन रुदा पनि साथ चाहिन्छ अलिकति सोच्नेगर रुनु पर्दा साथ दिने थोरै मात्र हुन्छन् । साथित्व खरिद गर्न सकिदैन पैसाको मात्र कुरा नगर । इच्छा र भावना किनमेल गर्ने बजार हुदैन यी त मात्र साटिन्छन् कि त बाडिन्छन् । माया र ममताको कुनै मोल हुदैन अलिकति बुमm्ने कोसिस गर यि त निकटता र विश्वासमा टिकेका हुन्छन् ।