सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा

चरणबद्धरुपमा अगाडि बढे हटाउन सकिन्छ छाउपडि प्रथा 


केशवी जोशी
   जब,  कुनै महिलाको छाउपडि गोठमा बलात्कार हुन्छ वा मृत्यु हुन्छ, तव, यो बिषयले केही समय बहसको रुप लिने गर्छ । तर, दुईचार दिनपछि उक्त घट्ना संगै उक्त बिषय समेत हराउँछ ।  
   छाउपडि प्रथाकाबारेमा कयौं डकुमेन्ट्रि बने । कयौं सरकारी र गैरसरकारी संस्थाले छाउपडि कै नाममा कयौं कार्यक्रमहरु सञ्चालन गरे । छाउपडि गोठ भत्काएर छाउपडि मुक्त क्षेत्र घोषणा गरे । तर, समस्या उस्तै छ । अवस्था झन विजोग छ ।   
  सर्वोच्च अदालतले २०६२ सालमा छाउपडि प्रथालाई कुरीति प्रथाको रुपमा घोषणा गर्यो । सरकारले २०६४ सालमा यसलाई सामाजिक कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका–२०६४ समेत जारी गरिसकेको छ । तर, निर्देशिका हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।    
छाउपडि गोठ भत्काउदैमा र निर्देशिका बनाउदैंमा छाउपडि प्रथा उन्मुलन हुदैन् । जुन देखिसकिएको छ । भिन्न समाजबाट गएर उक्त प्रथालाई जरै देखि फाल्नुपर्छ भनेर कार्यक्रम गर्दैमा त्यहाँका मानिसहरुले त्यसलाई न त अनुशरण गर्छन् ।  
  सरकारी र गैरसरकारी संस्थाहरुले विना कुनै अध्ययन, अनुशन्धान छाउपडि प्रथा उन्मुलन गर्ने नाउँमा छाउपडि गोठ भत्काईदिए । पैसा पाउँने लोभमा समाजले पनि साथ दियो । तर, हट्नु पर्ने कुसंस्कार हटेन् । त्यसैले अब यसलाई हटाउन अध्ययन गरेर अगाडि बढ्नु आवश्यक छ । 
  किन त्यहाँका बासिन्दा महिनावारीका बारेमा खुलेर कुरा गर्न सक्दैनन् ? कति दिन सम्म महिनावारी हुदैन वा नहुने औषधि खादै छु भनेर झुट बोल्ने ? त्यहाँका दिदीबहिनीले कति सम्म छाउपडि प्रथाको शिकार भैरहने ? अनि के छाउपडि प्रथा उन्मुलन गर्न सकिदैन त ? यि प्रश्नको गहिरिएर उत्तर खोज्नु आवश्यक छ । जब, कुनै महिलाको छाउपडि गोठमा बलात्कार हुन्छ वा मृत्मु हुन्छ, तव, यो बिषयले बहसको रुप लिने गर्छ । र, घट्ना संगै उक्त बिषय समेत किन हराउँछ । 

चरणबद्धरुपमा अगाडि बढे हटाउन सकिन्छ छाउपडि प्रथा
  
  कुनै पनि कुप्रथालाई हटाउनको लागि केहि समय लाग्छ । तत्कालको तत्काल कायापलट हुदैन् । त्यसका लागि चरणबद्धरुपमा अगाडि बढ्नु पर्ने हुन्छ । बस्ने घरलाई छुदा समेत देवि देवता लाग्छ, अनिष्ठ हुन्छ भन्ने डरले जरागाडेको समाजमा मन्दिरमा गएर पुजा गर्दा केहि हुन्न भन्दा मान्छन् भन्ने सोच्नु नै मुर्खता हो । त्यसका लागि पहिले त महिनावारीका बारेमा राम्रो ज्ञान, सरसफाई र सोचाईमा परिवर्तन ल्याउन जरुरी छ । महिनावारीको समयमा घर बाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पानी पँधेरा प्रयोग गर्न नपाइने, दही दुध मोहि र घ्यू खान नपाउने, फलफुल जन्य वनस्पति छोए त्यो सुक्ने जस्ता अन्धबिश्वासमा परिवर्तन ल्याउन सक्नुपर्छ ।   
  छाउपडि गोठ भत्काउनु भन्दा पहिले घरमा बस्दा केहि हुदैन भन्ने सोचको विकास गर्न जरुरी छ । त्यसका लागि पहिले महिलामा उक्त सोच जगाउन आवश्यक छ । मानिसलाई समेत छुनु हुदैन, सार्वजनिक पानी पँधेरामा जानु हुदैन भन्ने मानसिकता हटाउन सकेपछि मात्र मन्दिर र भान्साको कुरा उठाउन जायज हुन्छ । मन्दिरमा पस्ने कुरा भन्दा पहिले मन्दिरको बाटो हिड्दा केहिहुदैन भन्ने सोचको विकास गर्न आवशयक छ । अझै पनि मन्दिरले समेटेको जमिनमा समेत महिनाबारीको समयमा टेक्नु हुदैन भन्ने सोच छ । जसलाई हटाउन सक्नु पहिलो चुनौति हो ।  यदि छाउपडि गोठबाट घरको एउटा सफा कोठामा सुत्नु पर्छ भन्ने सोचसम्म जगाउन सकियो भने ती महिलाहरुले केहि राहत पाउँथे । चिसो, बन्द, साघुरो ठाउँमा बस्नु पर्ने बाध्यता, बलात्कृत हुने डर जस्ता शारीरिक र मानसिक तनावबाट त मुक्त हुने थिए । सार्वजनिक पानी पँधेरामा छोए केहि हुदैन, सरसफाई गर्दा कुनै भगवान रिसाउदैन्न् भन्ने सोचको विकास गर्न सके त्यहाँका महिला धेरै रोगबाट पनि बच्ने थिए । त्यसका लागि त्यहि क्षेत्रका अन्य समाजमा आएको परिवर्तनलाई उदाहरणका रुपमा देखाउन सकिन्छ ।
  एकै चोटी छाउपडि प्रथाको अन्त्य गर्न खोज्नु नै मूर्खता हो । जति शिक्षित भएपनि, जति मान्दैन् भने पनि अवचेतन मनमा गडेर बसेको त्यो सोच सजिलै सित जादैन् । कहि न कहि त्यो सोचले स्थान पाएरै छोड्छ । हामी जस्ता कयौं शिक्षित महिलाहरु पनि पुजा गर्न र मन्दिर जान अझै हिच्किचाउँछौं । या, समाजको डरले हामीले त्यसलाई छोड्नसकेका छैनौ ।     
   सदियौ देखि मान्दै आएको एक कुरितीलाई एकै चोटी चटक्क छोडेर हिड्न गाह्रो हुन्छ । त्यसलाई एक एक पत्र गरेर छोडोनु पर्छ । जस्तो अहिले महिनावारी हँुदा छाउपडि गोठमा बस्ने र चौपाया संगै बस्नेहरुलाई घरको छुट्टै कोठामा बस्दा केहि हुदैन् । यसले छोरीबुहारीहरु रोग र शोक शुवैबाट सुरक्षित हुन्छन् । बरु, पूजा गर्ने कोठामा नजानुहोस, भान्सा कोठामा नजानुहोस भनेर एक पत्र माथि उठाउन सकिन्छ । त्यति मात्रै पनि गर्नसके महिलाहरुले राहत पाउँथे । अपहेलित भएको महसुस गर्नुपर्ने एउटा पाटो हराउथ्यो ।    
   त्यसपछिको दोस्रो चरणमा कसैलाई छुदा केहि हुदैन भन्ने चेतना जगाउन सकिन्छ ।  यस्ता कुरामा देखासिकि गर्ने प्रवृतिले ठूलो स्थान ओगट्छ । त्यसैले परिवर्तनका लागि त्यहि समाजमा रहेका शिक्षित र युवा बर्गलाई लिन सकिन्छ । तेस्रो चरणमा भान्सामा जादा केहिहुदैन भन्ने विचारको विकास गर्नु पर्ने देखिन्छ । यति गर्न सक्यो भने छाउपडि प्रथा आफै हटेर जान्छ । 
    समाज विकासको सिद्धान्त अन्तर्गतको प्रविधी ग्रहण (टेक्नोलोजी एडप्सन) को सिद्धान्तलाई अनुशरण गरेर अघि बढ्न सके छाउपडि प्रथालाई हटाउन सजिलो हुन्छ । जुन सिद्धान्त अनुसार समाजमा चार बर्ग बसेका हुन्छन् । जसमा इन्नोभेटर बर्ग सबै भन्दा माथि हुन्छन् । उनीहरु नयाँ प्रविधि, नयाँ जीवनशैली र नयाँ कुराहरुकोे अनुशरण गर्न सजिलै सित सहमत हुन्छन् । समाज परिवर्तनका लागि यो वर्गले बढि नै महत्व राख्द छ । यो वर्ग आर्थिकरुपमा पनि सवल हुन्छ भने पहुँचका हिसावले पनि बलियोे हुन्छ ।
   त्यस्तै, दोस्रो बर्गको रुपमा अर्लि एडब्टर पर्छन् । यो वर्ग पनि आर्थिक र शैक्षिकरुपमा सवल हुन्छ । अरुले अपनाएको जीवन शैली, प्रविधि अंगाल्न हतार गर्छ । यो बर्गमा देखासिकि गर्ने बानी हुन्छ । यो वर्गलाई पनि छाउपडि प्रथा हटाउन प्रयोग गर्न सकिन्छ  । त्यसका लागि जनचेतना जगाउन सक्नु पर्छ । 
  तेस्रो बर्ग हो अर्लि मेजोरिटी र लेस मेजोरिटी । अर्लि मेजोरिटी वर्गका मानिस कुनै पनि नयाँ प्रविधि, जीवनशैलीका बारेमा गहन सोच्ने गर्छन् । त्यसको फाईदा बेफाइदाका बारेमा निस्कर्ष निकाल्छन् । अनि मात्र त्यलाई अनुशरण गर्छन् । तर, प्रचार गर्न चाहाँदैनन् । यो वर्गको सम्बन्ध अर्लि एडब्टर संग हुन्छ । लेस मेजोरिटी वर्गका मानिसहरु आर्थिक रुपले कमजोर हुन्छन् । उनीहरुमा नयाँ कुरा अनुशरण गर्न खासै रुचीहुदैन् । तर, धेरैले गरेपछि समाजमा पछि परिने डरले उनीहरु पनि अघि सर्छन् ।    
  अन्तमा एउटा वर्ग हुन्छ । जसलाई लिजार्ड भनिन्छ । जो आर्थिकरुपले कमजोर, शिक्षाको अभाव, चेतनाको अभाव, उमेरले बुढो हुन्छन् । यो वर्गले पुरानो प्रवृतिलाई छोड्न मान्दैन् । छाउपडि प्रथाको लागि पनि यहि समुह तगारोको रुपमा उभिएको छ । तर, समाजमा रहेका बहुसंख्यले नयाँ कुराको अनुशरण गरेपछि समाजबाट बहिष्किृत हुने डरले लिजार्ड बर्गले पनि त्यसलाई अपनाउने गर्छ । मध्यपश्चिम र सुदुरपश्चिमका जिल्लाहरुमा बढी बाहुल्यता पनि यहि वर्गको छ । जसकाकारण छाउपडि प्रथा हट्न सकिरहेको छैन् ।   
   अनि अर्काे तिर, छाउपडिको अन्त गर्न पुजारी, धामी, झाक्रिको सोच बदल्न खोज्नु भनेको बालुवामा पानी खन्याउनु जस्तै हो । अहिले सम्म कुनै पनि धर्म प्रवर्तक र प्रचारकहरुले समाजमा विद्यमान अन्धविश्वास हटाउन सहयोग गरेको उदाहरण  विरलै पाईन्छन् ।  
  त्यस्तै, सुदुरपश्चिम र मध्यपश्चिममा विद्यमान छाउपडि प्रथाको अन्त्य भए उनीहरुले समाजमा आफ्नो वर्चश्व कायम राख्न सक्दैनन् । यिनीहरुले थाहाँ पाए पछि मात्र विघ्न हुन्छ । तर, यदि थाहाँ पाएन्न भने केहिहुदैन् । सोहि समाजमा हुर्केको म सानै देखि सोच्ने गर्थे महिनावारी भएको कुरा महिलाले नभने कसरी थाहाँ हुन्छ ? लाग्थ्यो  धामी, झाक्रि, पुजारीहरुमा साच्चै दैविशक्ति छ । उनीहरुले स्वतहः थाहाँ पाउँछन् । त्यसैले यिनीहरु यति बारर्छन् । नबारे विरामी हुन्छन् । तर, त्यो होईन रहेछ । महिनाबारी भएको नबताउँदा यिनीहरुलाई केहि नहुदोरहे छ । वास्तवमा उनीहरुलाई केहि थाहाँ नहुदोरहेछ । उनीहरु पनि रुडिबादी सोचको शिकार भएका हुन्छन् ।
  उसो त पछिल्लो १० बर्षमा धेरै परिवर्तन भैसकेको छ । केहि ठाउँहरुमा मावोवादीको जनयुद्ध पछिको १० बर्षमा छाउपडि गोठ र गाई भैशीको गोठमा सुत्नु पर्ने बाध्यता हटेको छ । महिनाबारीको समयमा स्कुल जान हुदैन भन्ने सोचको अन्त भएको छ । हाम्रा मिडियाले यस्ता विषयलाई स्थान दिदैनन् । 
  धेरै बर्ष पछि आफू पढेको विद्यालयको बार्षिको उत्सवमा उपस्थित हुनपाए । जहा“ महिलाहरुको एक समुहले छाउपडिप्रथाकाबारेमा एउटा लघुनाटक प्रस्तुत गरे । छाउपडि बार्दाको कष्टकर जीवनबाट मुक्त हुनुपर्छ, महिनावारी प्राकृतिक कुरा भएको र त्यो नबार्दा कुनै भगवान रिसाउदैन भन्ने सन्देश उक्त नाटकको थियो । नाटक हेरेपछि, लाग्यो समाजमा धेरै परिवर्तन भैसकेछ ।
  तर, नाटक सकिने वित्तिकै सबै महिलाहरु एक महिला माथि खनिए । कारण बुझदा ती महिला महिनावारी भएको ३ दिन भएको र सबैलाई छोएको, महिनाबारी नबारेको आरोप लागाएका थिए । यस घट्नाले म लाई धेरै दिन सम्म भित्रै देखि नराम्रो लागेर आयो । मनमा एउटा प्रश्न उब्जियो, के साच्चै महिलाहरुले छाउपडि प्रथाका बारेमा चेतनशिल भएर उक्त नाटक देखाएका हुन या सरकारी र गैरसरकारी संस्थाहरुले देखाउने नाटक उस्तै उतारेकाहुन् ? सोचे, नाटक प्रस्तुत गर्नु पनि ठुलो कुरा हो परिवर्तन विस्तारै हुने कुरा हो, त्यसमा पनि सदियौ देखि जरा गाडेर बसेको छाउपडि प्रथाको भय निर्मुल हुन समय लाग्छ ।
   एक बर्ष अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मैले मेरो परिचय दिदा उक्त कार्यक्रमका आयोजक र अन्य सहभागिले छाउपडि प्रथाबारे मेरो अनुभव सुनाउन आग्रह गरे । यस्ता घट्ना कती चोटी दोहोरिए याद गरेर साध्य छैन् । म सुदुरपश्चिमको हो भन्ने वित्तिकै छाउपडिको झटारोले मलाई छोपिदिन्छ । तिमी महिनाबारी बार्छौकि ÷बार्दैनौ ? तिम्रो घरमा नि छाउपडि गोठ छ ? तिमी महिनाबारी भएको बेलामा कहा सुत्छौ ? अनि काठमाडौंमा के गर्छौ ?  

Comments

  1. man chhoyo lekh le
    tara social/religious norms lai modifi garna teti sajilo ta chhaina
    ra media le dekhaye jattiko chhaupadi samasya maile ta dekhina

    ReplyDelete
    Replies
    1. Thanx for your comment. But it is reality, why did not we accept it? media ko kaam ta exaggerate garne nai ho. tar yasto 6ain vaner umkkin ta vayen ni. yasko aashaya religious norms hoen tysaile todne vanne ni hoen. yo ta banaeyeko kuriti ho. kuriti ta 6odnu pryo ni. anya samudaya (purwa) ka bhagwan ta phark naholan

      Delete

Post a Comment

Popular posts from this blog

Abuse and Harassment of Female Journalists in Karnali

The Impact of Indian Cartoon-shows on Nepali Children: A Case Study of Nepalgunj MunicipalityAbstract