नाता

नाता

तिमि संग जोडिएको मेरो नाता
एक्कासि कसैले सोधिदिदा
म आफै अलमलमा परे
के नाता छ तिमि संग
म अवाक्क भए
उत्तर खोज्न भांैतारिए
सबै तिर चहारे
नाता खोजे
कुनै सरल नाता पाइन
तिमि मेरो कि म तिम्रो
सम्बोधन के त ?

मैले बिर्षेका ति बालापन
अनि !
तिमि संग बिताएका पलहरुको
बर्षातले मmन थिचिए
तिमिले दिएको छहारि
आधि, हुरि, बर्षात अनि घाम संग
तिमिले गरेको संघर्ष
मेरै लागि त थियो !!
मैले यो कहिले सोचिन
म मा घमन्ड थियो
तिमिलाई मेरै निर्माता र रक्षकले
मेरै लागि निर्माण गरेका हुन्
तिम्ररो कुनै अस्थित्व छैन्
तिम्ररा कुनै काम कर्तव्य छैन्न्
न त श्वास प्रश्वास लिन सक्ने
कुनै सजिव अस्थित्व छ ।
यि शब्दहरुले ।।।
तिम्रो चित्त कति दुख्थ्यो होला !!
तिम्रो साथ छुटेपछि
यो आभास भयो ।
तिमिले दिएको संरक्षणमा कुनै डर पाइन् ।
तिमिले दिएको छहारीमा कुनै राप पाइन् ।

तिमि संगको गहिरो प्रेम
माया र ममताको छहारि
तिम्रै काख र आगन
मेरा लागि स्वर्ग थियो ।
दरवार थियो
र सच्चा सिपाई ।

Comments

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा

Abuse and Harassment of Female Journalists in Karnali

The Impact of Indian Cartoon-shows on Nepali Children: A Case Study of Nepalgunj MunicipalityAbstract