Letter

   सेक्रेट चिठ्ठि

साथी,

तिमिले समझना र  हाम्रो मित्रताका कुरा गरेकि छौ । ति त अहिले झन बल्झिरहेका छन् । भूकम्पले बयान गरि नसक्ने स्मृतिहरु

सम्झनाहरु हरेक समयका हुन्छन । कुरा यतिमात्र हो कि तिनको आयु र वेग कति हुन्छ । भुकम्पको त्रास पनि कम समझना योग्य छैन् । त्यो त्रासदि पूर्ण वातावरण, त्यो कोलाहल ति धरोहरहरुको क्षती अनि ति निमोठिएका मानविय फुलहरु कसरी विर्षन सकिन्छ र ⁄ के तिमि संग कुनै त्यस्ता सम्झनाहरु छन्, जस्ले तिम्रो मन हरेक पल रुन मात्र खोज्छ । अरु के भनु र तिमिलाई, तिमि संग चकलेटको आस गर्ने त्यो फुल पनि यो संसारमा रहिनन् । तिमिले बोलाउने ह्वाइट रोज अव हाम्रो सामु छैनन् । अब त मलाई सेतो गुलाव मन पर्न छोड्यो । तिमिलाई लाग्दो हो, त्यसरी जता देख्यो उतै टिप्न हिड्ने कसरी छोड्न कक्लि भनेर ।

समयै उस्तै रहेन । भुकम्पले ‘आयो’ शब्द पनि आफू जस्तै त्रसित बनाएको छ । वाल र भित्ता भएका बाटाहरु हिड्न नहुने भएकाछन् । 

धरहरा, जहाँ तिमि र म घटौं विताउथौं, त्यो भग्नावशेष बनेको छ । तिमिलाई याद छ होला, त्यहाँ आएका जोडीहरुलाई हामीले जिस्क्याएको  र गनेको । एक दिन ८ ओटा जोडी भेटेका थियौ । तिमिले भनेकी थियौ म पनि जोडी बने पछि फस्ट भिजिट धरहराको नै गर्छु ।’ साथी अव त्यो रहेन । 

हाम्रो मकै खाने ठाउँको छाता छैन् । कुईरेको बारेमा नानाभाति कुरा गर्ने बसन्त पुर रहेन । त्यहाँ जम्मा भएको भिड जस्लाई हामीले बसन्तपुर डवली नाम दिएका थियौं अहिले कहाँ गए पत्तो छैन । जस्लाई हामी निस्सासिएको शहर भन्थ्यौं, हो त्यहि काठमाडौं रातारात एक्लिएको छ । हामीले पैसा कमाएर बस्ने योजना बनाएका ति अपार्टमेन्ट भन्ने गगनचुम्वि भवनहरु मासिका लागि घातक छनरे । धन्न, हामी संग पैसा थिएन र हामी त्यो चिहान बन्ने महलमा बस्न पाएनौं ।

तिमि त विदेशिएको मान्छे सायदै नेपाल लाउछौ होला । तर, मैले त काठमाडौंमा घर नबनाउने विचार गरे । हुन त पैसा भए पो घर बनाउने हो । दैनिक जोहो गर्न त कहिले तिमिलाई गुहार्छु । तर नि आस मार्नु हुन्न भन्ने तिमि नै हो । अहिले प्रिफेवको घर ४ लाखमा४०बर्षका लागि बन्दो रैछ भन्ने थाहाँपाए ।  अलि अलि त्यसैका लागि पैसा जोहो गरुकि सोचिरा छु । तर चिन्ता छ जिवनमा कति चोटी घर बनाउने । अहिले एकसे एक कम मुल्यमा घर बन्छन् भनेर संचार माध्यमहरु चिच्याइ रहेकाछन् । लाग्छ कमिसन दरो पाकाछन होला ।

पत्र लामो होला भन्ने डर छ । तिमिले मेरो बानी विस्र्यौ न भन्नु । बाकि अर्को पत्रमा ।।

तिम्रि साथी















Comments

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा

Abuse and Harassment of Female Journalists in Karnali

The Impact of Indian Cartoon-shows on Nepali Children: A Case Study of Nepalgunj MunicipalityAbstract