चरणबद्धरुपमा अगाडि बढे हटाउन सकिन्छ छाउपडि प्रथा केशवी जोशी जब, कुनै महिलाको छाउपडि गोठमा बलात्कार हुन्छ वा मृत्यु हुन्छ, तव, यो बिषयले केही समय बहसको रुप लिने गर्छ । तर, दुईचार दिनपछि उक्त घट्ना संगै उक्त बिषय समेत हराउँछ । छाउपडि प्रथाकाबारेमा कयौं डकुमेन्ट्रि बने । कयौं सरकारी र गैरसरकारी संस्थाले छाउपडि कै नाममा कयौं कार्यक्रमहरु सञ्चालन गरे । छाउपडि गोठ भत्काएर छाउपडि मुक्त क्षेत्र घोषणा गरे । तर, समस्या उस्तै छ । अवस्था झन विजोग छ । सर्वोच्च अदालतले २०६२ सालमा छाउपडि प्रथालाई कुरीति प्रथाको रुपमा घोषणा गर्यो । सरकारले २०६४ सालमा यसलाई सामाजिक कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका–२०६४ समेत जारी गरिसकेको छ । तर, निर्देशिका हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । छाउपडि गोठ भत्काउदैमा र निर्देशिका बनाउदैंमा छाउपडि प्रथा उन्मुलन हुदैन् । जुन देखिसकिएको छ । भिन्न समाजबाट गएर उक्त प्रथालाई जरै देखि फाल्नुपर्छ भनेर कार्यक्रम गर्दैमा त्यहाँका मानिसहरुले त...
Comments
Post a Comment