राष्ट्रवादका नाममा कार्ड स्ट्याकिङ टेक्निक्स केशवी जोशी मुटु भएका सम्पादकको खोजिमा रहेका हाम्रा प्रधानमन्त्री र मुटु भएका सम्पादकले थिचिएका भारतका प्रधानमन्त्री, दुवै सञ्चार जगतबाट पिडित भएको प्रष्ट छ । नेपाली सञ्चार जगत सरकारको आलोचनामा र भारतीय सञ्चार जगत सरकारको मुखपत्रको रुपमा काम गरिरहेको आरोप लाग्दै आएको छ । हुन त स्वाधिनताको विषयमा जुन सुकै देशका सञ्चार माध्यमले पनि आफ्नै देशको पक्ष बोल्ने गर्छन । जानि जानि प्रपोगाण्डाको कार्ड स्ट्याकिङ टेक्निक्सको प्रयोग गरिरहेको हुन्छन् । चाहे त्यो नेपालको सञ्चार माध्य होस वा भारतको । त्यस्तो बेलामा अमेरिकाका सञ्चार माध्यमले पनि आफ्नै देशको हितमा समाचार दिने गरेका उदाहरण पनि छन् । त्यो असत्य भए पनि सत्य हो भन्दै जनमानसमा सत्य नै हो भन्ने भ्रम निर्माण गरिदिन्छन् । अमेरिकन सञ्चार माध्यले पनि भियतनाम युद्घ, इराक युद्घका बारेमा सरकारले सत्य लुकाएर अमेरिकालाई सहयोग पुग्ने गरि भ्रामक समाचार फैलाएको आरोप छ । त्यस्तै, रसियान सञ्चार माध्यमले पनि अमेरिका विरुद्घ भ्रामक समाचार दिरहेको आरोप पनि सुनिन्छ । त्यस्तै, भारतीय सञ्चार माध्यले पनि नेपा...