तिमी vs म

         तिमी vs म


अहँ हुदै होइन, तिमी संग तुलना गर्न खोजेको

कहाँ तिमी ? अनि कहाँ म ?

तिमी जन्मिदै स्वागत योग्य

स्वागतका लागि हतारिन्छ समाज

र, त,ऋण लिएरै पनि खसिको जोहो गरिन्छ,

ऋनि समाज भतेर हुने दिन गनेर बस्छ,

नामपाएको दिन, तिमीलाई समाजले घेर्छ !


अनि म ?

जन्मिदै अपहेलित

जन्म दिने आमा समेत

तिमी जन्मिदा उत्सव मनाउँछिन्

मिठो मसिनो खान पा
उँछिन्

आफ्नै अर्को मुर्ति जन्मिदा

दुख मनाउँछिन्

समाज शान्त हुन्छ,

बालाई ऋण लिनु पर्दैन,

नाम पाएको दिन समेत म एक््लै हुन्छु !


तिमी जन्मिदै

आमाबाको सम्पत्तिको रक्षक

कुलको रक्षक, कहलिदै आ
छौ ।

म अर्काको घरजाने

जातको माला पहिरिदै आ
छु


अहँ हुदै होइन, तिमीलाई दोषि भन्न खोजेको

हुदै होइन !

समाजले गरेको यो विभेदमा

तिम्रो के दोष?

तर, तिमीले पनि त्यसलाई

मलजल गर्नेछौ

बहिनी, छोरीलाई हेला नगर भन्नेछौ ।

तर, श्रीमती, बुहारीको सिमा तोक्नेछौ ।।

उस्को काम

उस्ले हिड्ने बाटो

उस्ले बनाउने साथी

तिमीले तय गरिदिनेछौ

अनि, साच्चै नमानेमा

तिमीले तलाग भनिदिनेछौ

र, फेरि समाज भोजमा रमाउने छ ।

तिमी मोजमा, र, म शोकमा !!


अहँ हुदै होइन, तिम्रो अधिनत्व छोड्न खोजेको

तिमी सम्पत्तिको रक्षक, कुलको रक्षक

कुल रक्षाका लागि

ज्यान वाजिमा राख्ने म

परिवारको खुसिका लागि

जीवनको वाजि राख्ने म

आफ्नै सन्तानलाई

तँ मेरो सन्तान भनेर प्रमाण

दिन नसक्ने म

आफ्नै एउटा थर नभएको म

आफ्नै एउटा घर नभएको म

जन्मेको घर बाबाको

विहे गरि आएको घर तिम्रो !


अहँ हुदै होइन, तिम्रो विरोध गर्न खोजेको

तिमीले विउ न दिए

बाझै हुन्थ्यो मेरो खेत

तिम्रो सहयोग विना

अधुरै रहन्छ मेरो बारी

तर,
तिमीले पालिदिएको सोच्छौ

तिम्रा घरकाले खान आएको

अनि, जन्मदाताले दिईसकेको

तिमी ल्याएको सोच्छौ

म एउटा बस्तु,

लेन देन गरिने

सजिव बस्तु

( Lahore, hostel -2013 )








Comments

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा