तिम्रा हरेक अङ्गको सिङ्गो भाग जो चाहिएको छ
तिम्रा हरेक अङ्गको सिङ्गो भाग जो चाहिएको छ
केशवी जोशी
तिमी रुदा मेरो मन भतभती पोल्छ,
तर, रुन सक्दिन, आमा
रुन नसक्ने म
तिमीलाई कठोर लागछु होला
आखाँको पानी सकिएर हो, या,
तिमीले मजबुत बनाएर हो
नदुख्ने त होइन
दुख लुकाउने भएछु ।
कस्तो गरी हुर्काए छौ,
तिमी रुदा
तिम्रा आँशु पुछ्न नसक्ने गरी
मेरा यि हात तिमी सम्म पुग्नै नसक्ने गरी
तिम्रो क्रन्दनलाई टुलुटुलु हेर्नु बाहेक
बक्बक् गर्नु बाहेक
म के गरु !
शङ्का लाग्न थाल्यो
तिम्रा आफ्नै सन्तान माथी
तिनका कार्य माथी
तिनका सोच माथी
आफ्नै सन्तान पराईको भए पछि
दुःख र सास्ती पायौ ।
उहीले विचार गरिनौ
हुन त तिम्रो पनि के दोष !
भित्र्याउनेले भित्र्याए पछि
तिमीले आफ्नो काखमा लिनु नै त थियो, निर्बिकल्प
तिमीले सजिलै काख दिएका ती हरिलठ्ठेहरु
अब तिम्रो भलाई सोच्दैनन्
तिमी रोएको, तिम्रो छाती छिरिएको
र, तिम्रो विखण्ड्न ?
धत्, तिनले सोच्न कसरी सके ?
गोद लिदैमा अर्काको हुर्केको सन्तान
कहिले आफ्नो नहुदो रहेछ
होस पनि कसरी
तिम्रा आफ्नै सन्तानले सौतने व्यवहार गरेपछि
वास्वमा तिम्रा शक्ति शाली शन्तान
अनि तिमीले काख लिएका सन्तानले
पराईका लागि काँध थापे
उहिले तिमीलाई हेपे
अहिले आफू पनि हेपिए
बल्ल बुझ्दैछन्
आफ्नो गल्ती !
हो आमा,
तिम्रो मायाको मोलमोलाई हुदै छ ।
तिमीलाई गर्ने माया जोखिदै छ ।
तिम्रा सच्चा प्रेमि सन्तान
को हुन भनेर ?
अर्काले तिम्रो अंङ्ग लुछ्दा
बोल्न नचाहाँने र बोल्न नसक्ने
दुबैलाई
तिम्रो अति माया लागेको छरे, अहिले
तिम्रा हरेक अङ्गको सिङ्गो भाग जो चाहिएको छ !
Comments
Post a Comment