के तिमी सुझाव दिन सक्छौ
के तिमी सुझाव दिन सक्छौ तिमी गमक्क बसेकोछौं उता एकथान संविधान बन्दै छ । के तिमि कान सुन्दैनौ ? गाउँमा सभासद आएको गाईगुइँ चलेको छ । तिमी सँग सुझाव माग्न के तिमी सुझाव दिन सक्दैनौरु हुन त आफै मिल्न नसकेका दलहरुले के जनताका सुझाव सुन्नलान ? तिमीले प्रश्न गर्यौ भने के उत्तर दिने, म उत्तरको खोजीमा छु । तर, के तिमी सुझाव दिन तत्तपर छौं ? हल्ला छ सभासदहरु कुुटिदैछन् के तिमी पनि सामेल छौ ? हुन त एउटा ढुङ्गा हिर्काउदा के जान्छर तर, तिमी यो नभुल की अहिसां प्रेमी गौतम बुद्ध हामीले मानेका भगवान हुन, हाम्रा देशका गौरव । अहिले सुझाव देउँ संविधानमा नसमेटिए, ऐन,नियममा समेट्लान के तिमी विश्वास गर्न सक्दैनौ ? राम्रा र स्पष्ट सुझाव देउँ केहि नभए पनि नेताहरुले मनन् र कदर नगरे नि तिम्रो योग्यता त बुझ्लान एउटा सभ्य नागरिक भएको समाजमा जान अलिकति त हिचकिचाउलान् ।