शुभकामना, शुभकामना, नयाँ बर्षको

  शुभकामना, शुभकामना

प्रगति, उन्नती सबै 
तिमिले दिने शुभकामनाबाट मिल्छ । 
धेरैले दिएको आषिस र शुभकामना
भगवानले नि सुन्छ रे 
शुभकामना दिदा
तिमि संग भएका शब्दहरुको बर्षात गरिदेउ
प्रगतिका लाभाहरुले तिम्रो जीवन
रंगिन बनोस भनिदेउ
सप्तरंगि इन्द्रेणी झै
सधै चम्किरहोस भ्निदेउ
तिमिहरुको साथ कहिले नटुटोस भनिदेउ
संसारमा म मेरालागि मात्र नभएर 
अरुका लागि पनि जिउन सकोस भनेर भनिदेउ

नयाँ बर्षको शुभकामना दिन
किन कन्जुस्याई गर्नु  
नत तिम्रा शब्दहरु सकिन्छन्
न तिम्रो एक छाक नै घट्छ । 
घट्छ त मेरो बाच्ने एक बर्ष
संसार हेर्न पाउने बर्षमा एक बर्ष  

Comments

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा